उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ८ देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
सोमबार बिहान ५ बजे स्थानिय ६५ बर्षीय मन्तु चौधरीले कलमा जडान भएको मोटर चलेको समयमा कल चलाउँदा अचानक करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भिर घाईते भएका चौधरीको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ ।