Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जीपी मार्ग र मदन भण्डारी मार्गलाई बजेट बढाउन प्रदेश संसद सिंहको माग


  • Purbeli Press
  • बिहिबार, असार १६ २०७९

विराटनगर : प्रदेश १ का प्रदेशसभा सदस्य शिवनारायण सिंहले सरकारले जीपी मार्गमा बजेट बढाउनुपर्ने माग गरेका छन् । उनले मदन भण्डारी मार्गलाई बजेट नछुट्याइएकोमा चिन्ता व्यक्त गरेका छन् ।

बिहिबार प्रदेशसभामा सडक पूर्वाधार र सहरी विकास मन्त्रालय र यातायात तथा सञ्चार मन्त्रालयको छलफलमा मोरङ क्षेत्र नम्बर २ (क) का प्रदेश संसद सिंहले आफ्नो क्षेत्रमा हालसम्म प्रदेशका दुईवटा योजनामात्र निर्माण सम्पन्न भएको बताए ।

सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका उनले मदन भण्डारी मार्ग केन्द्रीय सरकारले प्रदेश सरकारलाई हस्तानान्तरण गरेपछि निर्माणमा ढिलाई हुँदा पैसा फ्रीज हुने अवस्था रहेकाले उक्त सडकलाई तत्काल निर्माण सम्पन्न गर्न माग गरेका छन् ।

त्यस्तै उनले सिजुवा-भद्र चौक सडक खण्ड बजेट अभावका कारण समयमै निर्माण सम्पन्न हुन नसकेको बताए ।

उनले प्रदेश सरकारलाई साना साना टुक्रे योजना नभई गौरवका योजना मात्र लिएर स्थानीय तहमा जानुपर्ने बताए । ‘४/५ लाखको योजना लिएर वडाहरुमा जाँदा वडा अध्यक्षहरुले उल्टै त्यो भन्दा बढी रकम वडाबाटै छुट्याउँछौ भनेर भन्ने गरेका छन्,’ उनले भने, ‘त्यसैले वडामा टुक्रे भन्दा पनि ठुला गौरवका गोजना लिएर जानुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार