Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बागमतीका मुख्यमन्त्री पाण्डेविरुद्ध माओवादी र कांग्रेसले थाल्याे हस्ताक्षर संकलन


  • Purbeli Press
  • बिहिबार, असार १६ २०७९

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरूद्ध सत्ता गठबन्धनकै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले हस्ताक्षर संकलन सुरु गरेका छन्।

मुख्यमन्त्री परिवर्तन गर्न कांग्रेस र माओवादीका सांसदहरुले हस्ताक्षर संकलन सुरु गरेका हुन्।

पाण्डेले केन्द्रको निर्देशन बिना मुख्यमन्त्री पदबाट नहट्ने बताएपछि दुई दलले हस्ताक्षर संकलन गर्न सुरु गरेको हो।

प्रदेशसभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न दलहरूले हस्ताक्षर संकलन थालेकाे हाे।

प्रदेशसभाबाट बजेट पास भएपछि मुख्यमन्त्री कांग्रेसलाई दिने सहमति भएको थियाे। पूर्वसहमतिअनुसार नै कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने तयारीमा छन्।

पाण्डे गत कात्तिक ११ गतेनेकपा एकीकृत समाजवादीबाट बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार