Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मट्टीतेल , डिजेल र हवाई इन्धनको मूल्य घट्यो



बिराटनगर । नेपाल आयल निगमले सोमबार बिहानदेखि लागु हुने गरी डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ ।

निगमका अनुसार, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँ घटाइएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिलिटर अमेरिकी डलर सात रुपैयाँले घटाइएको जनाइएको छ ।

पेट्रोलको मूल्य काठमाडौ‌ पोखरा र दिपायलमा १६१ रुपैयाँ, सुर्खेत र दाङ १६० रुपैयाँ र चार आली विराटनगर, अमलेखगञ्ज, जनकपुर नेपालगञ्ज धनगढी, बीरगञ्जमा १५८.५० पैसा यथावत् छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार