Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ताप्लेजुङका ४४ वडा बाढीपहिरोको उच्च जोखिममा



ताप्लेजुङ । ताप्लेजुङका ६१ मध्ये ४४ वटा वडा बाढीपहिरोको उच्च जोखिममा परेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले गरेको अध्ययनअनुसार उच्च र मध्यम जोखिम क्षेत्र पहिचान गर्दै सतर्कता अपनाउन प्रतिकार्य योजना कार्यान्वयनमा ल्याइएको छ ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार प्रत्येक प्रभावित क्षेत्रमा प्रतिकार्य टोली खटिने व्यवस्था गरिएको छ । बर्खासँगै कार्ययोजना र क्युआरटी टोली परिचालन योजना लागू भइसकेको उनले बताए ।

सिरिजङ्घाका सबै ८ वडा, सिदिङ्वाका सबै ७ वडा, फक्ताङ्लुङका ४, मेरिङ्देनका ४, मैवाखोला, आठराई त्रिवेणी र पाथीभरा याङ्वरकका केही वडासहित फुङ्लिङ नगरपालिकाका ६ वडा उच्च जोखिममा छन् । अन्य केही वडाहरू मध्यम जोखिममा छन् ।

भिरालो भू–बनावट, सडक र जलविद्युत आयोजना तथा रुख फडानीका कारण जोखिम बढेको बताइएको छ । स्थानीय तहहरूले तटबन्ध र व्यवस्थापनका काम गरे पनि अझै पर्याप्त नपुगेको सरोकारवालाहरूले बताएका छन् ।

जिल्ला समितिका अनुसार विपत्तिमा मानवीय र भौतिक क्षति न्यून पार्न प्रतिकार्य योजना प्रभावकारी बनाइनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार