Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उज्वेकिस्तानसँगको फाइनलका लागि प्रधानमन्त्रीको शुभकामना



काठमाडौं । नेपाली महिला फुटबल टोलीलाई उज्वेकिस्तानसँगको फाइनल खेलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन् । स्पेन भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री ओलीले आज बालुवाटारबाट भर्चुअल माध्यमबाट खेलाडीलाई जितको शुभकामना दिंदै “तपाईंहरुको खेलसँगै हुनेछु, जित्नेछौँ,” भनेका थिए ।

कप्तान सावित्रा भण्डारीसहित खेलाडीले प्रधानमन्त्रीको शुभकामनाप्रति आभार व्यक्त गरे। श्रीलङ्कामाथि उत्कृष्ट प्रदर्शन गरेकोमा प्रशंसा गर्दै प्रधानमन्त्रीले “महिला फुटबलको संघर्षपूर्ण इतिहासमा नयाँ स्वर्णिम नतिजा आउनेछ,” भने ।

उनले खेल क्षेत्रलाई खर्चिलो नभई आम्दानी दिने क्षेत्रका रूपमा हेर्नुपर्ने बताए। एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङले खेल क्षेत्रप्रति प्रधानमन्त्रीको चासोले थप उत्साह मिलेको प्रतिक्रिया दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार