झापा । झापामा पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। असारको तेस्रो साता सकिँदा पनि पानी नपरेर हालसम्म करिब १४ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
गत वर्ष यसै समयमा २५ प्रतिशत रोपाइँ भइसकेको थियो । हल्दिबारीका कृषक रतनकुमार भुलेलले सिचाइँको विकल्प नभएकाले बीउ पहेँलिन थालेको गुनासो गरे। यता मल अभाव पनि पुरानै समस्या बनेको छ । केन्द्रका प्रमुख सागर विष्टका अनुसार झापामा मागअनुसार मल आपूर्ति हुन सकेको छैन ।
जिल्लामा धान खेतीको क्षेत्रफल घट्दै गएको भए पनि उत्पादकत्व भने वर्षेनी बढ्दै गएको छ। सबैभन्दा धेरै धान खेती गौरादहमा र सबैभन्दा कम दमकमा हुने गरेको केन्द्रले जनाएको छ ।