Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पार्टी सदस्यता नवीकरण गरिसकेको भन्दै पूर्वराष्ट्रपति भण्डारीले गरिन एमालेमा फर्किएको घोषणा



काठमाडौं, असार १३ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पुनः सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी छिन् । उनले नेकपा ९एमाले०मै रहेर जीवनभर पार्टीको काम गर्ने अठोट व्यक्त गरेकी हुन् ।

आज काठमाडौंमा आयोजित जबजका तीन दशक शीर्षकको राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले पार्टी सदस्यता नवीकरण गरिसकेको जानकारी दिइन् । उनले एमाले परिवारको एक जिम्मेवार सदस्यका रूपमा जोडिएको उल्लेख गर्दै आफ्नो कुनै विशिष्ट महत्त्वाकांक्षा नरहेको स्पष्ट पारिन् ।

“फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यले सदस्यता नवीकरण गरेको हुँ,” उनले भनिन, “अब म एमाले परिवारको एक सदस्यका रूपमा पुनः जोडिएकी छु र यसमा गर्व गर्छु।”

पूर्वराष्ट्रपति भण्डारीले पार्टीप्रतिको प्रतिबद्धता अविचल रहने उल्लेख गर्दै, राजनीतिक जीवनको बाँकी समय पार्टीकै सेवामा समर्पित गर्ने बताइन।

प्रतिक्रिया
सम्बन्धित समाचार