Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नवनियुक्त चार मन्त्रीले लिए शपथ


  • Purbeli Press
  • सोमबार, असार १३ २०७९

नेकपा (एकीकृत समाजवादी) का तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चार मन्त्रीलाई साेमबार बिहान ११ बजे राष्ट्रपति कार्यालयमा शपथ गराएकी हुन्।

नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन्।

त्यसैगरी राज्यमन्त्रीमा हीराचन्द्र केसी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार