Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै



काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत नेपालले सोमबार पहिलो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ। स्कटल्यान्डमा जारी सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक टिम स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो।

आजको खेलमा दुबै टिम पहिलो जितको खोजीमा रहनेछन्। नेपाली समय अनुसार खेल साँझ ७ः४५ बजे सुरु हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ। सोमपाल कामी र गुलसन झा घाइते भएपछि किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंह लाई टोलीमा स्थान दिइएको हो।

टी–२० सिरिज अघि सम्पन्न वर्ल्ड कप लिग–२ अन्तर्गत नेपालले चार खेलमध्ये तीन खेलमा जित हासिल गरेको थियो। नेपाली टोलीमा प्रमुख खेलाडीहरू रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसीलगायत सामेल छन्।

नेपाल पहिलो जितका साथ सिरिजमा सशक्त सुरुवात गर्ने लक्ष्यमा छ।

प्रतिक्रिया
सम्बन्धित समाचार