Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

उच्च अदालतका चार मुख्य न्यायाधीश नियुक्त, विराटनगरमा भट्टराई



काठमाडौं । न्याय परिषदले उच्च अदालतका चार मुख्य न्यायाधीशको नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरेको छ। परिषदको आज बसेको बैठकले राजन भट्टराईलाई उच्च अदालत विराटनगर, लालबहादुर कुँवरलाई पाटन, हरिप्रसाद भण्डारीलाई सुर्खेत र राजेश्वर तिवारीलाई तुलसीपुर उच्च अदालतको मुख्य न्यायाधीश पदमा सिफारिस गर्ने निर्णय गरेको हो।

न्याय परिषदको नियमित प्रक्रियाअन्तर्गत रिक्त रहेका पदमा योग्यता र वरिष्ठताका आधारमा मुख्य न्यायाधीश पदका लागि सिफारिस गरिएको परिषद स्रोतले जनाएको छ। नियुक्तिपछि उनीहरू आ–आफ्नो जिम्मेवारी अनुसार कार्यभार सम्हाल्नेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार