Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

विपद्को क्षति न्यूनिकरण गर्न कोशी प्रदेशमा बस्ती सार्ने तयारी सुरु



विराटनगर। कोशी प्रदेश सरकारले विपतको क्षति न्यूनीकरण गर्नकालागि विपत बीमा र बस्ती स्थान्तरण गर्ने तयारी सुरु गरेको छ।
आज बसेको प्रदेश विपत परिषद्को बैठकले कोशी प्रदेशमा क्षति न्यूनीकरणका लागि बस्ती स्थान्तरण र विपद बीमा गर्ने निर्णय गरेको हो। ‌यो निर्णयले प्रदेशमा विपद व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विगतको तुलनामा यस वर्ष मनसुन छिटै सुरु भएको र ढिलो समयसम्म रहने भएकाले आवश्यक तयारी गर्न आज बैठक बसेको थियो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन परिषद् बैठकले विपद्को क्षति कम गर्नका लागि विभिन्न सात महत्वपूर्ण निर्णय गरेको छ। बैठकले चालु आर्थिक वर्षमा राहत सामग्री र रकम गरेर वितरण गरिएको ७५ लाख ८० हजार बराबरको खर्च समेत अनुमोदन गरेको छ।

बैठकले प्रदेश विपद व्यवस्थापन रणनीतिक कार्य योजना २०८२)८७ र मनसुन पूर्व तयारी प्रतिकार्य प्रदेश कार्ययोजना २०८२ लाई पारित गरेको छ । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले विपद बीमा र स्थान्तरणको विषयलाई प्राथमिकताका साथ काम गर्न निर्देशन दिए । उनले विभिन्न संघसंस्थाको सहकार्यमा जोखिममा परेका घरहरू निर्माण गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन दिए ।

बजेट र कार्यक्षमता हेरेर विपदको काममा तत्कालै जुट्न उनले आग्रह गरे । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार गत वर्ष आगलागी बाढीपहिरो चट्याङ र विस्फोटमा परी मृत्यु ३४ जनालाई राहत रकम वितरण गरिएको छ। त्यस्तै निजी आवास बनाउन ८६ लाख ४० हजार सहयोग गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाले जानकारी दिए । कोशी प्रदेशमा तत्कालै स्थानान्तरण गर्नुपर्ने करिब ४ हजार १ सय ५१ परिवारहरू रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार