Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रधानमन्त्री ओलीद्वारा मोरङको जीवन विकास सामुदायिक अस्पताल उद्घाटन



विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशनको शनिबार उद्घाटन गरेका छन् । आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पतालको औपचारिक उद्घाटन गरेका हुन् ।

सामाजिक व्यवसायको अवधारणाअन्तर्गत पूर्वी नेपालका आर्थिक रूपमा कमजोर वर्गका नागरिकलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले अस्पताल स्थापना गरिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ।

कार्यक्रममा प्रधानमन्त्री ओलीलाई अस्पतालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले स्वागत गरेका थिए । उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, चिकित्सक, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार