Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी, पाँचजनाभन्दा बढी भेला हुन निषेध



काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले दरबारमार्ग क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

शनिबार राजावादी समूहले प्रदर्शनको तयारी गरेसँगै प्रशासनले जेठ १६ गतेदेखि असार २४ गतेसम्म दरबारमार्ग, केशरमहल र जय नेपाल हल आसपासमा निषेधाज्ञा लागू हुने जानकारी दिएको हो।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी सूचनामा पाँचजनाभन्दा बढी भेला, जुलुस, नाराबाजी तथा धर्नाजस्ता कार्यक्रम गर्न निषेध गरिएको उल्लेख छ।

प्रशासनले शान्ति सुरक्षा तथा सार्वजनिक सुव्यवस्थालाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार