Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेपालमा सरदरभन्दा १५ दिनअघि नै मनसुन प्रवेश, बाढी पहिरोको जोखिम उच्च



काठमाडौं । नेपालमा यस वर्ष सरदरभन्दा १५ दिन अगावै मनसुन भित्रिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गएरातिबाट मनसुन पूर्वी नेपाल हुँदै भित्रिएको हो। मनसुन कोशी प्रदेशका अधिकांश भागमा फैलिएको विभागको भनाइ छ।

सामान्यतः नेपालमा जुन १३ तारिखतिर मनसुन सुरु हुन्छ र अक्टोबर २ तारिखतिर बाहिरिन्छ। जुनदेखि सेप्टेम्बरसम्मको अवधिलाई मनसुनको मुख्य समय मानिन्छ, जसमा वार्षिक वर्षाको ८० प्रतिशतसम्म हुने गर्दछ।

विभागले शुक्रबार दिउँसो ३ बजे बुलेटिन जारी गर्दै मनसुन भित्रिएको पुष्टि गरेको हो। मनसुनसँगै बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक प्रकोपको जोखिम पनि उच्च हुने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार