काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि युवा तथा खेलकुद क्षेत्रका लागि हालसम्मकै धेरै ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले संघीय संसद्मा प्रस्तुत गरेको बजेटमा गत आर्थिक वर्षको तुलनामा २ करोड ५८ लाख रुपैयाँले वृद्धि भएको हो। आर्थिक वर्ष २०८१र०८२ मा यो क्षेत्रका लागि ३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो।
बढ्दो बजेटले युवा क्षमता विकास, खेल पूर्वाधार, प्रशिक्षण र अन्तर्राष्ट्रिय सहभागिता जस्ता क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।