Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आज गणतन्त्र दिवस, टुँडिखेलमा मुख्य समारोह



काठमाडौं । आज २०८२ जेठ १५ गते, नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको ऐतिहासिक दिन, गणतन्त्र दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदैछ।

जननिर्वाचित पहिलो संविधानसभाले २०६५ सालको यही दिन निरङ्कुश राजतन्त्रको औपचारिक अन्त्य गर्दै गणतन्त्रको घोषणा गरेको थियो। यसैको स्मरणमा आज बिहान सूर्योदयसँगै नेपाली सेनाले बिगुल फुकेर दिवसको शुभारम्भ गर्‍यो। टुँडिखेलस्थित सैनिक मञ्चमा मुख्य समारोह हुँदैछ भने तोप–बन्दुकको बढाईंसहितका कार्यक्रम तय गरिएको छ।

१६ गते सरकारी कार्यालय र घरका छत तथा बरण्डामा राष्ट्रिय झण्डा सजाउने र दीप प्रज्वलन गर्ने कार्यक्रम पनि तय गरिएको छ।

गणतन्त्र स्थापनाका लागि हजारौँले बलिदान दिएका थिए भने लाखौँ जनता आन्दोलनमा सहभागी भएका थिए। यही आन्दोलनको जगमा विसं २०७२ मा नयाँ संविधान जारी भई आज तीन तहका सरकारमार्फत सङ्घीय प्रणाली कार्यान्वयनमा छ।

राजनीतिक परिवर्तनको प्रतीकका रूपमा गणतन्त्र दिवसलाई राष्ट्रिय एकता र समावेशी शासन व्यवस्थाको उपलब्धिको उत्सवका रूपमा मनाउने गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार