काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक बजेट संघीय संसदको संयुक्त बैठकमार्फत प्रस्तुत गर्दैछ।
संविधान अनुसार प्रत्येक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था अनुरूप अर्थमन्त्री विष्णु पौडेलले आज दिउँसो ३ बजे संसद्को संयुक्त बैठकमा बजेट पेस गर्न लागेका हुन्।
बजेटमा राजस्व र खर्चको वार्षिक अनुमानसहित विकास निर्माण, सामाजिक सुरक्षा, रोजगारी, पूर्वाधार र आर्थिक सुधारका कार्यक्रम समावेश हुने अपेक्षा गरिएको छ।
अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी, मुद्रास्फीति नियन्त्रण, आयात घटाएर उत्पादन वृद्धिलाई प्राथमिकता दिइने बताइएको छ। सरकारको यो बजेटले समष्टिगत अर्थतन्त्रको सुधारसँगै स्थानीय स्तरमा प्रभावकारी सेवा प्रवाहमा समेत केन्द्रित हुने अनुमान गरिएको छ।