Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गणतन्त्रको विकल्प, गणतन्त्र नै हो : सांसद पाठक



विराटनगर । कोशी प्रदेशसभा सदस्य तीलचन पाठक(चिन्तन )ले प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक व्यवहारिक र जनउत्तरदायी भएको बताएका छन्। आज प्रदेशसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै पाठकले नीति कार्यक्रम उत्कृष्ट रहेको बताए ।

नीति तथा कार्यक्रम जीवनस्तर सुधार, आर्थिक वृद्धि, दीगो विकास, मानवअधिकार, संघीयता कार्यान्वयन, रोजगार, समावेशिता, यातायात र सहकारी व्यवस्थापन लगायतका क्षेत्रमा केन्द्रीत रहेको उनले बताए ।

पाठकले भने, “संघीयतामाथि निरन्तर प्रश्न उठाइरहेको, आलोचना र खारेजीको माग समेत भइरहेका बेला प्रदेश सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप सुदृढ गर्ने उद्घोष गर्नु जनताका लागि उत्साहजनक छ।”

उनले यस्तो घोषणाले गणतन्त्रवादीहरूको शिर उच्च बनाएको भन्दै जनताको बलिदानबाट प्राप्त शासन व्यवस्थाको स्मरण र सम्मान गर्नुपर्नेमा जोड दिए। “गणतन्त्र दिवसको सन्दर्भमा म स्मरण गराउन चाहन्छु कि गणतन्त्रको विकल्प फेरि गणतन्त्र नै हो,” पाठकले सभामुखलाई सम्बोधन गर्दै भने।

उनले नीति तथा कार्यक्रम राम्रो भए पनि यसको प्रभावकारी कार्यान्वयनतर्फ गम्भीर ध्यान दिन सरकारलाई आग्रह गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार