Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नरको पहिलो निर्णय



 

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सोमबारदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।

बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयमा आयोजित कार्यक्रममा उनले पदभार ग्रहण गर्दै ५ सय र एक हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने निर्णयमा हस्ताक्षर गरेका छन्।

गभर्नर पौडेलले आफ्नो कार्यकालमा बैंक तथा वित्तीय संस्थाको सुपरीवेक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। उनले भने, “हामीले नियम बनाउनु मात्र पर्याप्त हुँदैन, त्यसको कार्यान्वयनका लागि सुपरीवेक्षणलाई समेत सुदृढ गर्नुपर्छ।”

त्यससँगै, कर्जाको गुणस्तर सुधार गर्ने विषयलाई पनि विशेष ध्यान दिने उनले बताए। उनका अनुसार, सरकारको वित्त नीतिलाई समर्थन गर्ने गरी मौद्रिक नीतिहरू तय गरिनेछ। “मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन सबै पक्षसँग समन्वय गर्दै अघि बढ्नेछु,” उनले प्रतिवद्धता जनाए।

कार्यक्रममा कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामाबारे सोधिएको प्रश्नमा उनले आफू कहाँ फाइल नपुगेको जनाउँदै, यो आन्तरिक विषय भएको प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार