Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नीति तथा कार्यक्रम बहुमतले पारित



काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाबाट सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नीति कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत संशोधन प्रस्ताव अस्वीकृत भएको हो।

सभामुख देवराज घिमिरेले ध्वनि मतका आधारमा नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।

प्रतिनिधिसभामा वैशाख २२ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु गरिएको थियो। कार्यक्रममार्फत सरकारका प्राथमिकता, योजनाको कार्यान्वयन रणनीति तथा आगामी आर्थिक वर्षको विकासको खाका प्रस्तुत गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार