Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सात बुँदे सहमति कार्यान्वयनमा सरकार चुक्यो : डा. शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनका बेला गरिएको सात बुँदे सहमति कार्यान्वयनमा वर्तमान सरकार चुकेको आरोप लगाएका छन्।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले संविधान संशोधन, आर्थिक सुधार, भ्रष्टाचार निर्मूल, दण्डहीनताको अन्त्य र सुशासनजस्ता मुख्य बुँदामा सरकार गम्भीर नभएको टिप्पणी गरे।

संविधान पुनरावलोकनका सन्दर्भमा उनले एमाले–कांग्रेसको दुईतिहाइ बहुमत पर्याप्त नहुने भन्दै सदनका सबै दल र सरोकारवालाको राय लिएर मात्र अघि बढ्नुपर्ने धारणा राखे।

यसबाहेक, उनले कांग्रेसभित्र कुनै आन्तरिक समस्या नरहेको दाबी गर्दै आफूले सरकार ढाल्न खोजेको भन्ने प्रचार असत्य भएको बताए। “यो सरकारलाई असफल हुने छुट छैन,” उनले भने, “म केवल यो भन्छु कि लोकतान्त्रिक प्रणालीमा बाहिरी संयन्त्र बनाउनु हुँदैन। संयन्त्र चाहिएको हो भने सरकारभित्रै बनोस्।”

उनले कांग्रेस–एमालेले पालिकासम्म संयन्त्र बनाउने निर्णयलाई गलत पनि बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार