विराटनगर । कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु भएको छ । कोशी प्रदेश सरकारले आयोजना गरेको दुई दिनसम्म चल्ने यो सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तिमी जस्ता लगानीकर्ता र निजी क्षेत्रका प्रतिनिधिहरूको लागि कोशी प्रदेश सरकार वारेस बन्न तयार रहेको बताए । उनले कोशी प्रदेशमा आएको लगानी सुरक्षित गर्न र लगानी गर्दा पर्ने झन्झट अन्त्य गर्न प्रदेश सरकारले ८ वटा कानुन अध्यादेशमार्फत संशोधन गरेको जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारबाट गरिने कामहरू तुरुन्तै हुने र संघीय सरकारसँग सहकार्य गर्दै सहजीकरण गर्ने बताए । उनले कोशी प्रदेश लगानी सम्मेलनप्रति निजी क्षेत्र निकै उत्साहित रहेको बताए ।
यो सम्मेलनमा ८ वटा क्षेत्रका ७१ वटा परियोजनाहरू सोकेसमा राखिएको छ । एक वर्षसम्म प्रदेश सरकारले निजी क्षेत्रसँग समन्वय र छलफल गरेर ती परियोजना छनोट गरिएको मुख्यमन्त्री कार्कीले जानकारी दिएका छन् ।