काठमाडौं । सिंहदरबार र बानेश्वरको निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित ७ जना रिहा भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार, आइतबार दिउँसो पक्राउ परेका सबैलाई साँझ रिहा गरिएको हो।
सिंहदरबार भित्रबाट अध्यक्ष लिङ्देनसँगै उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाही र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल पक्राउ परेका थिए भने बानेश्वर क्षेत्रबाट थप तीन जना पक्राउ परेका थिए।