Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

घट्यो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आजराति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो ।

इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा ३.१५ र डिजेलमा २.६२ ले घटेर आएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

निगमले लिटर पेट्रोलमा ३ र डिजेलरमट्टितेलमा ३ रुपैयाँले घटाइएको छ । जसअनुसार अब पेट्रोलको पहिलो वर्गमा प्रतिलिटर १५७.५, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ तय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार