Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विगतको समिक्षा गर्न आवश्यक – मुख्यमन्त्री कार्की



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विगतका कामहरूको समीक्षा गर्दै अबका दिनलाई अझ फलदायी र सुखमय बनाउनुपर्ने बताएका छन्। नयाँ वर्ष २०८२ को शुभकामना दिँदै उनले संघीय संरचनाहरूलाई सबल बनाउँदै “समृद्ध नेपाल, सुखी नेपाली” भन्ने राष्ट्रिय लक्ष्य हासिल गर्न संघीयतालाई अझ बलियो बनाउन जरुरी रहेको बताए।

तिमी जस्तै स्वदेश तथा विदेशमा रहेका सबै नागरिकको सुख, शान्ति र समृद्धिको कामना गर्दै उनले भनेका छन्—नयाँ वर्षको सुरुवातमै पर्यटन वर्ष २०८२ घोषणा गरेर प्रदेशका जनतालाई नयाँ उत्साह दिने प्रयास गरिएको छ। त्यसैबाट प्रदेशलाई स्वच्छ, सुखी र समुन्नत बनाउने आधार तयार हुने उनको भनाइ छ।

मुख्यमन्त्री कार्कीले नयाँ वर्षमै लगानी सम्मेलन गर्ने तयारी भइरहेको पनि बताएका छन्। त्यसबाट प्रदेशको समृद्धि र विकासमा नयाँ इँटा थपिने आशा गरिएको छ।

उनका अनुसार सीमित स्रोत र साधनले जनताका सबै अपेक्षा पूरा गर्न गाह्रो भए पनि संघीयताको सात वर्षको यात्रामा कोशी प्रदेश सरकारले उल्लेखनीय काम गरेको छ। ती उपलब्धिहरू तथ्यका आधारमा प्रस्तुत गरेर अघि बढ्नुपर्ने उनले सन्देशमा उल्लेख गरेका छन्।

अन्तमा, संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य र समन्वय भएमा मात्रै दिगो विकास र समृद्धि सम्भव हुने कुरा पनि उनले दोहोर्याएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार