Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

झापा ल्याइए दुर्गा प्रसाई, काठमाडौं लैजाने तयारी हुँदै



झापा । भारतको आसममा पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरीले झापा ल्याई पुर्‍याइएको छ । प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट प्रसाईंलाई नेपाल प्रवेश गराएको हो ।

उनलाई झापाको भद्रपुर विमानमार्फत काठमाडौं लैजाने तयारी भइरहेको प्रहरी उच्च स्रोतले जानकारी दियो ।

भारतीय क्षेत्रबाट झापा ल्याउन्जेल उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्कर्टिङ गरेका थिए ।

प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो । भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका प्रसाईंलाई आज काठमाडौं ल्याउन लागिएको हो ।

१५ चैतमा तीनकुनेमा भएको राजावादी आन्दोदनका उनी मुख्य कमाण्डर हुन् । उनकै नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । प्रसाईं भने फरार हुँदै भारत पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार