Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पूर्वराजा ज्ञानेन्द्रलाई उन्मुक्ति दिइँदैन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपराधिक घटनामा संलग्न जोसुकैलाई कारबाही हुने बताउँदै पूर्वराजा ज्ञानेन्द्र शाहले पनि उन्मुक्ति नपाउने स्पष्ट पारेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चैत १५ गते राजावादीहरूले आपराधिक गतिविधि गरेको उल्लेख गर्दै पूर्वराजा पनि त्यसबाट अछुतो नहुने बताए।

‘आपराधिक घटनामा संलग्न कसैले उन्मुक्ति पाउँदैन। यसमा पूर्वराजाले पनि पाउनुहुन्न,’ प्रधानमन्त्री ओलीले भने, ‘फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन र ? मानिसलाई मर्न उक्साउने, इतिहासले अस्वीकार गरिसकेका व्यक्ति अभियानका संयोजक बन्ने, धनजन लुटपाट गर्नेहरू चुपचाप कसरी हुन सक्छन्?’

उनले उक्त घटनाका लागि पूर्वराजा नै जिम्मेवार रहेको दाबी गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार