Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इटहरीमा भएको आगलागीमा फसेका ९ जनाको हेलिकप्टररबाट उद्धार



इटहरी । सुनसरीको इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा लागेको आगलागीमा फसेका मध्ये ९ जनाको उद्धार गरिएको छ ।

१० जना मानिस फसेकोमा ९ जनाको उद्धार भएको हो । बाँकी रहेका एकजनाको उद्धार गर्न सुरक्षाकर्मी घरमाथि पुगेका छन् ।

अरू पनि फसेको आशंका छ । थप उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन भएको छ । एक जना भने डोरीको माध्यमबाट बाहिर आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार