Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एसईई परीक्षा सुरु : ५ लाख विद्यार्थी सहभागी



फाइल तस्बिर

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहीबारदेखि देशभर सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका २,०७९ परीक्षा केन्द्र बाट बिहान ८ बजे देखि परीक्षा सञ्चालन भएको हो।

यस वर्षको परीक्षामा ५,१४,०७१ विद्यार्थी सहभागी भएका छन्। गत वर्ष ४,६४,७८५ विद्यार्थी परीक्षा दिएका थिए। अघिल्लो वर्षको तुलनामा यस वर्ष परीक्षार्थी संख्या ४९,२८६ ले वृद्धि भएको छ।

परीक्षाका लागि १५० जनासम्म परीक्षार्थी भएका केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष तथा २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटाइने व्यवस्था गरिएको छ।

७५ जनाभन्दा कम परीक्षार्थी भएका केन्द्रहरूमा सहायक केन्द्राध्यक्ष नराखिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। एसईई आगामी चैत १९ गतेसम्म जारी रहनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार