विराटनगर । मोरङको धनपालथान गाउँपालिका–६ कदमाहामा आगलागीमा परेर चार वर्षीया बालिका रेश्मा खातुनको मृत्यु भएको छ। अनित मियाकी ४ वर्षीय छोरी रेश्मा खातुनको शव फेला परेको प्रहरीले जनाएको छ ।
यसअघि प्रहरी स्रोतले दुई बालबालिकाको मृत्यु भएको जानकारी दिएको भए पनि अनुसन्धानपछि एक बालक सकुशल फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।
आगलागीमा १६ घर जलेर नष्ट भएका छन्। आगलागी कसरी सुरु भयो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।