विराटनगर । त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन मंगलबार एकसाथ हुँदैछ। ४७ वटा आंगिक र २५० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचनको तयारी भइरहे पनि केही क्याम्पसहरूमा निर्वाचन हुन अनिश्चित देखिएको छ।
मोरङका ९ वटा क्याम्पसमा आज स्ववियु चुनाव हुँदै छ । महेन्द्र मोरङ क्याम्पससहित ९ वटा क्याम्पसमा स्ववियु चुनाव हुँदा २ वटा क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भइ सकेको छ ।
महेन्द्र मोरङसहित डिग्री (स्नातकोत्तर) क्याम्पस, विराटनगर नर्सिङ क्याम्पस, लेटाङ क्याम्पस, सुकुना बहुमुखी क्याम्पस, पथरी बहुमुखी क्याम्पस, रमाइलो बहुमुखी क्याम्पस, बेलबारी बहुमुखी क्याम्पस र खदम क्याम्पस केराबारीमा आज निर्वाचन हुन लागेको हो । यी क्याम्पसमा कतै दुई पक्षीय त कतै त्रिपक्षीय प्रतिष्पर्धा हुने जनाइएको छ ।
यसअघि, २०१८ सालदेखि २०६५ सालसम्म स्ववियु निर्वाचन नियमित रूपमा भएको थियो। तर, २०६५ देखि २०७३ सालसम्म निर्वाचन हुन सकेन। २०७३ सालमा सीमित संख्यामा क्याम्पसमा मात्र निर्वाचन भयो भने २०७९ सालमा ५० वटा आंगिक र करिब ३०० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन सम्पन्न भएको थियो।