Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रलेस संखुवासभाको अध्यक्षमा बुढाथोकी



विराटनगर । प्रगतिशील लेखक संघ (प्रलेस) संखुवासभाको चौथो जिल्ला अधिवेशनले साहित्यकार ताराबहादुर बुढाथोकीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ।

सचिवमा सनम थापा, सहसचिवमा राम गुरुङ, कोषाध्यक्षमा तारा घिमिरे तथा सदस्यहरूमा कृष्ण चापागाईं, गीताञ्जली कटुवाल र पार्वती नेपाली चयन भएका छन्।

अधिवेशनमा प्रलेस कोशी प्रदेश अध्यक्ष तीला लेकालीको प्रमुख आतिथ्य रहेको थियो। नवनिर्वाचित अध्यक्ष बुढाथोकीले जनवादी संस्कृतिको प्रवर्द्धन गर्दै प्रगतिशील विचारलाई अघि बढाउन समिति क्रियाशील रहने बताए।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेतासहित तीन दर्जनभन्दा बढी साहित्यकार तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार