Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेशमा एसइइ परीक्षा : सम्पूर्ण तयारी पूरा



विराटनगर, २८ फागुन । कोशी प्रदेशमा एसइइ परीक्षाका लागि सम्पूर्ण तयारी पूरा भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। चैत ७ देखि १९ गतेसम्म हुने परीक्षामा कुल ८० हजार ९३४ विद्यार्थी सहभागी हुनेछन्।

शिक्षा निर्देशनालयका निर्देशक कृष्णप्रसाद पोखरेलका अनुसार परीक्षा व्यवस्थित बनाउन ३७१ केन्द्र तोकिएको छ। परीक्षामा ३७१ केन्द्राध्यक्ष, ५४६ सहायक केन्द्राध्यक्ष, चार हजार ४५ निरीक्षक, ८०९ परीक्षा सहायक, एक हजार ६१३ सहयोगी तथा पाँच हजार ५६५ सुरक्षाकर्मी गरी १२ हजार ९४९ जनशक्ति परिचालन गरिनेछ।

सबैभन्दा धेरै विद्यार्थी मोरङ (१८,१०७), झापा (१७,०२८) र सुनसरी (१३,५८३) बाट छन् भने सबैभन्दा कम तेह्रथुम (१,१९०) बाट सहभागी हुनेछन्। अपाङ्ग परीक्षार्थीका लागि परीक्षा समयमा बढीमा एक घण्टा ३० मिनेट थप गर्न सकिने व्यवस्था गरिएको छ। सामाजिक विकास मन्त्री पाँचकर्ण राईले परीक्षा मर्यादित, शान्त तथा अनुशासित बनाउन विशेष योजना रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार