Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कानुनी राज स्थापना गर्न संविधान संसोधन गरिन्छ : प्रधानमन्त्री ओली



विराटनगर  । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको पक्षमा आवश्यक परे संविधान संशोधन गर्नुपर्ने बताएका छन् । कोशी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले कानुनी राज स्थापना गर्न न्यायोचित कानुन आवश्यक रहेको उल्लेख गरे।

उनले अन्यायपूर्ण कानुन विगतमा पनि रहेको भन्दै अब जनताको हितमा कानुनी व्यवस्था निर्माण गर्नुपर्ने बताए। साथै, देश पछाडि फर्कन नसक्ने भन्दै विकास निर्माणका काम अघि बढाइएको दाबी गरे।

प्रदेश सभामा उनले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको भन्ने भ्रम फैलाउन खोजिएको आरोप लगाए। केही वर्षमै असाधारण उपलब्धि हासिल गरिएको भन्दै विकासका लागि दूरगामी दृष्टिकोण प्रस्तुत गरिएको बताए।

प्रधानमन्त्री ओलीले नेपाललाई सुशासनयुक्त समृद्ध बनाउने लक्ष्य रहेको उल्लेख गरे। कोशी प्रदेशमा साक्षरताको प्रतिशत उच्च रहेको बताउँदै आफ्नो सरकार गरिबी हटाउन मात्र नभई समृद्धि ल्याउन केन्द्रित रहेको प्रस्ट पारे।

रोजगारी सिर्जना गर्न उद्यमशीलता आवश्यक रहेको भन्दै उनले सबैले काम खोज्ने होइन, उद्यमशील बन्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार