विराटनगर । नेकपा (एमाले) मोरङको १० औं जिल्ला अधिवेशनअन्तर्गतको मतगणनाको पछिल्लो अपडेट अनुसार अजम्बर राईले अग्रता लिएका छन् । पहिलो १ सय ८८ गणना गर्दा राईले ९८ मत ल्याएका छन् ।
प्रतिस्पर्धी राजकुमार ओझाले ८४ मत ल्याए । उपध्यक्षमा सागर थापा अगाडि छन् । उनले ९८ मत पाउँदा प्रतिस्पर्धी शान्तिकुमारी लिम्बूले ७७ मत ल्याएकी छन् । सचिवमा सोमराज थापाले ९६ र रविन थापाले ७८ मत ल्याएका छन् ।
उपसचिवमा सन्तोष वान्तवाले १ सय ५ र ईजालाल राजवंशीले ६८ तथा महिला उपसचिवमा उषा झाले ९३ र शिल्पा निराला कार्कीले ८३ मत पाएका छन् । अहिले सोही बक्साको सदस्यहरुको मत गणना भइरहेको छ ।