Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले मोरङ अधिवेशन : ३ सय ४१ जनाको उम्मेदवारी दर्ता



विराटनगर । नेकपा एमाले मोरङमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । एमाले मोरङको १० जिल्ला अधिवेशनमा ३४१ जनाले उम्मेद्बारी दर्ता गराएका छन ।

५ जना पदाधिकारीसहित १६५ सदस्यीय कमिटीका लागि ३४१ जनाले उम्मेद्बारी दर्ता गराएका हुन् ।

अध्यक्षमा दुई जना अजम्वर राई र राजकुमार ओझाको उम्मेदवारी परेको छ । यस्तै उपाध्यक्षमा पनि दुई जना सागर थापा र शान्ति लिम्बूको उम्मेदवारी परेका छ । सचिवमा सोमराज थापा र रविन थापा तथा सहसचिवमा सन्तोष वान्तवा, उषा झा, विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की र इर्जालाल राजवंशीको उमेदवारी परेको छ । अध्यक्ष राई विनोद ढकाल समूहबाट उम्मेदवार बनेका हुन भने ओझा संस्थापन पक्षका उम्मेदवार हुन ।

यसमा कतिपय पालिकाका सर्वसम्मत समेत रहेका छन । सदस्य पदमा भुगोलबाट रंगेली नगरपालिका, सुनवर्षी, उर्लाबारी, कटहरी गाउँपालिकामा सर्वसहमति भएको छ । यद्यपी आज उम्मेदवारी फिर्ता लिन समय समेत रहेको हुँदा कतिपयले फिर्ता लिने सम्भावना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार