Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आजदेखि मौसममा सुधार आउने



काठमाडौं । आजदेखि मौसममा पूर्ण सुधार आएको छ । काठमाडौं उपत्यकासहित देशका सबैजसो ठाउँमा मौसम सफा भइ घाम लाग्नेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताइन ।

प्रि–मनसुन शुरू भइसकेकाले अबका दिनमा हावाहुरी र चट्याङको जोखिम हुन्छ । घरको छानालाई सुरक्षित बनाउन, चट्याङको जोखिमबाट जोगिने उपायहरु अपनाउन पनि उनको सुझाव छ ।

हिउँद सुक्खा भएर बित्नै आँटेका बेला गएको तीन दिन देशका धेरै ठाउँमा वर्षा र हिमपात भयो । पहाडका त धेरैजसो ठाउँमा नै पानी पर्यो । त्यस्तै उच्च क्षेत्रमा हिमपात हुँदा किसान उत्साहित भएका छन् । ढिलोगरी वर्षासँगै भएको हिमपातले आकाशे पानीको पर्खाइमा रहेका किसान पनि खुशी भएका छन् । जहाँ सिँचाइको अभाव छ, ती क्षेत्रमा राहत पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार