Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

स्थानीय तहले शिक्षाको महत्वलाई बुझ्नु पर्छ : मन्त्री भण्डारी



विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले शिक्षकहरूको सम्पत्ति छात्राछात्राहरूको सफलता रहेको बताएका छन्।

शिक्षकहरूको क्षमता र चरित्रले नै विद्यार्थीलाई उच्च नैतिकवान र प्रतिभावान बनाउन मद्दत गर्ने मन्त्री भण्डारीले बताए। सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बालबालिकाको भविष्य सुन्दर बनाउन घर र विद्यालय दुवैको भूमिका उत्तिकै रहने बताए।

विद्यार्थीहरूको भविष्यका लागि अभिभावकहरूले थप लगनशील हुनु पर्ने धारणा राख्दै मन्त्री भण्डारीले शिक्षकहरूले विद्यार्थीको क्षमता बुझेर बुझ्ने गरी अध्यापन गराउनुपर्ने बताए।

अहिले स्थानीय तहले नै विद्यालयहरूको नियमन गर्नु पर्ने दायित्व रहेको उल्लेख गर्दै उनले पालिकाहरूले शिक्षालाई उच्च प्राथमिकतामा राख्नु पर्ने बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार