Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

६.१ म्याग्निच्युडको भुकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकमा के के भयो क्षति ?



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आएको ६.१ म्याग्निच्युडको भूकम्पबाट सामान्य क्षति भएको छ । मानवीय र ठूलो भौतिक क्षति केही पनि नभएको जनाइएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार आत्तिएर भाग्नेक्रममा लड्दा एक जना कैदीको हात भाँचिएको छ । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ । उता भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढीमा पहिरो खसेको छ । शुक्रबार बिहान २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार