Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी विचार उत्सवको तयारी पुरा



विराटनगर । विराटनगरमा आयोजना हुने कोशी विचार उत्सवको तयारी पुरा भएको छ । वीणा फाउन्डेसनको आयोजनामा विराटनगरमा फागुन १५, १६ र १७ गते उत्सव हुन लागेको महोत्सवको तयारी पुरा भएको हो ।

आज पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक वीणा फाउन्डेसनका संस्थापक बरुण झाले क्षेत्रीय, राष्ट्रिय र वैश्विक महत्त्वका मुद्दाहरूमा खुला संवाद र सहकार्य प्रवर्द्धन गर्न यो उत्सवको आयोजना गरिएको बताए । यसमा केन्द्रीय र प्रदेश स्तरीय राजनीतिक नेतृत्व तथा विज्ञको प्रस्तुति र सहभागिता रहने बताए ।

कांग्रेस नेता डा. शेखर कोइराला, कोशीका मुख्यमन्त्री हिक्मत कार्की, प्रतिनिधि सभाका सांसद प्रदीप ज्ञवाली,योगेश भट्टराई, सांसद मनिष झा, सुनिता बराल, शिशिर खनाल, निशा डांगी, भगवती चौधरी, ज्ञानेन्द्र शाही लगायत सहभागी हुने छन् । राष्ट्रिय स्तरका विभिन्न विधाका विज्ञ सम्मिलित छलफल हुने झाले बताए । प्यानल छलफलमा नेपालका चर्चित पत्रकारहरुले सहजीकरण गर्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार