Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश खेलकुद महोत्सव सुरु, सभामुखले गरे बेलुन उडाएर उद्घाटन



विराटनगर । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा आजदेखि कोशी प्रदेश खेलकुद महोत्सव औपचारिक रुपमा सुरु भएको छ । आज विराटनगरस्थित सहिद मैदानमा आयोजित कार्यक्रममा कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले महोत्सवको उद्घाटन गरे ।

महोत्सवको उद्घाटन गर्दै सभामुख विष्टले खेलकुदका गतिविधि भएमात्रै खेलाडी उत्पादन हुने धारणा राखे । उनले यो महोत्सव निरन्तरताको लागि समेत आग्रह गरे । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्ष राजेन्द्र राउतलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

झापा र मोरङका विभिन्न स्थानमा महिला फुटबल, भलिबल, एथलेटिक्स, बाघचालसहित ११ वटा खेल हुने छ । प्रतियोगिता अन्र्तगत आज नै सडक दौड र डोरी तानका खेल सम्पन्न भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार