Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गोकुल बाँस्कोटाले भने- ‘आँखा खोल्ने बेला भो’



काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले सरकारले विदेशी सहायता प्राप्ति र परिचालनका लागि राष्ट्रिय नीति बनाउन ढिला भइसकेको भन्दै तत्काल त्यसतर्फ कदम चाल्नु पर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बास्कोटाले विदेशी सहयोग स्वीकार र परिचालनको प्रणाली बसाउन र नेपालको लेखा प्रणालीभित्र राख्न आवश्यक भएको धारणा राखे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिएको वित्तीय सहायतालाई फ्रड भनेकोप्रति आपत्ति जनाउँदै बास्कोटाले अब आँखा खोल्ने बेला आएको बताए ।
बास्कोटाले भने – ‘हामीले आँखा खोल्नुपर्छ, सहयोगका सीमाहरू स्पष्ट पार्नुपर्छ । जे पायो त्यही, जसको पायो त्यही स्वीकार नगरौं, बजेटरी सिस्टमभित्र पनि सुधार गरौं ।

सांसद बास्कोटाले बेलैमा सत्तापक्ष र प्रतिपक्ष नभनी विदेशी सहयता र वैदेशिक सम्बन्धका विषयमा नीति नबनाए नेपाल युक्रेन जस्तो नबन्ला भन्न नसकिने चेतावनीसमेत दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार