Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

भूमि समस्या समाधान आयोगको प्रादेशिक कार्यालय उद्घाटन



विराटनगर । भूमि समस्या समाधान आयोग कोशी प्रदेश कार्यालयको आज उद्घाटन गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय परिसरमा आयोगको प्रादेशिक कार्यालयको उद्घाटन गरिएको हो । कार्यालयको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले उद्घाटन गरे ।

कार्यक्रममा आयोगका कोशी प्रदेश संयोजक अनिलकृष्ण प्रसाईले तीन वर्ष भित्रमा सुकुम्वासी समस्या समाधान गर्ने उद्देश्य सहित सरकारले काम अघि बढाएको बताए ।

भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुले जग्गा प्राप्त गर्नु महत्वपूर्ण रहेको उनको भनाइ छ । कार्यालय उद्घाटन कार्यक्रममा आयोगका अध्यक्ष हरिप्रसाद रिजालले देशभर १० लाख ९७ हजार २९८ भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरु रहेको बताए । कोशी प्रदेशमा भने २ लाख ३० हजार संख्या रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार