Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पुँजी विकासमा प्रदेश सरकार ध्यान केन्द्रीत



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भौतिक पूर्वाधार विकाससँगै सँगै मानवीय संशाधनको विकास गर्नु प्रदेश सरकारको उच्च प्राथमिकता रहेको बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा ‘कोशी प्रदेश सरकारको सातौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरकार राष्ट्रिय पुँजी निर्माण गर्ने र गरिबी निवारणका लागि काम गरिरहेको बताए । कोशी प्रदेश सरकार स्थापना भएको सात वर्षको अवधिमा सरकारले विकास निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उनको भनाइ छ ।

उनले राष्ट्रिय पुँजी निर्माण गर्न सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने भन्दै पर्यटन वर्ष र चिया सम्मेलन गर्ने सरकारको योजना र नीतिबाट पुँजी निर्माणको आधार खडा हुने बताए । गएको ७ वर्षमा प्रदेशको राजधानी तोक्ने र प्रदेशको नामकरण गर्न सफल भएको भन्दै उनले नामकरणको विषयमा पहिचानवादीले देखाएको असन्तुष्टिलाई सम्बोधन गर्न सरकार आवश्यक छलफल एवं संवाद गरिरहेको बताए ।

उनले सरकारको कमी कमजोरीलाई स्वस्थ्य आलोचना गरी सत्य र तथ्यका आधारमा समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गर्दै कर होइन करको क्षेत्र विस्तार गर्ने बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार