विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले प्रदेशको समस्याको रुपमा रहेको सवारी दुर्घटना, लागू पदार्थ दूव्र्यसनी घटाउन समाजिक संघसंस्थाले अभियान सुरु गर्नु पर्ने बताएका छन् ।
मन्त्री भण्डारीले विपद्को जोखिम न्यूनिकरणका लागि समेत सामाजिक क्षेत्रको अभियान सञ्चानल गर्नु पर्ने धारणा राखे ।
कोशी प्रदेश स्काउटले आयोजना गरेको चौथो ज्याम्बोरेटको आज समापन कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारसँगको सहकार्यमा थोरै बजेटमा प्रभावकारी काम गर्नका लागि स्काउटलाई आग्रह गरे ।
उनले लागू औषध दूर्व्यसनी मुक्त बनाउन र विपद्को जोखिम न्यूनिकरणका लागि सबैसँग प्रदेश सरकार हातेमालो गरेर अघि बढ्ने बताए । फरक प्रसंगमा उनले अहिले संघीयता कार्यान्वयनको चरणमा रहेको भन्दै मुलुक संम्वृद्धमा आशावादी हुन समेत आग्रह गरे ।
अहिले केही जटिलता रहेको भएको त्यसलाई हटाएर अघि बढ्ने मन्त्री भण्डारीले बताए । देशमा केही भएन भन्ने भ्रम फैलाइएको भन्दै उनले विकास निर्माणमा देश धेरै अघि बढेको प्रस्ट्याए ।