काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको एक मःम पसलमा सिलिण्डर ग्यास विस्फोट हुँदा १४ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार सानदार मःम पसलमा ग्याँस सिलिण्डर पड्किएको हो । दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले घाइतेहरुलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको जानकारी दिए । घाइते मध्ये तीन जनाको अवस्था भने सामान्य रहेको छ । घाइते हुनेहरु पनि सोही पसलका कामदार रहेको उनले बताए ।