काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले न्यायिक हिरासतमा पठाएपछि रविका समर्थकहरुले प्रदर्शन गरेका छन् । आक्रोशित बनेका रास्वपाका कार्यकर्ताहरुले आदेशको विरोधमा जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रदर्शन गरेका हुन् ।
जिल्ला अदालतका न्यायाधीसले भोलि फेरि हाजिर हुने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेका थिए । यसअघि काठमाडौं जिल्ला अदालत र रुपन्देही जिल्ला अदालतको भन्दा फरक आदेश गरेको भन्दै समर्थकहरु असन्तुष्ट बनेका हुन् ।
उनीहरु जिप्रका चितवन अगाडि सरकार र प्रहरीको विरोधमा नारावाजी गरे । रविलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय चितवनमा राखेको छ ।