विराटनगर । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको मुक्कुम्लुङ संरक्षण संस्थाले सरकारसँग वार्ताका लागि ‘वार्ता समन्वय समिति’ निर्माण गरेको छ ।
हिजो (आइतबार) गृह मन्त्रालयले केबलकारको विरोधमा आन्दोलनमा उत्रिएको पक्षसँग वार्ताका लागि सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि रहने गरी वार्ता टोली गठन गरेको थियो ।
आज आन्दोलनरत पक्षले प्राज्ञ अमर तुम्याहाङको नेतृत्वमा शंकर लिम्बु, राम मादेन र सरस्वता सिंगक९सरु० सदस्य रहनेगरी वार्ता समिति गठन गरेको हो ।
आन्दोलनरत पक्षले राजनीतिक तहबाट मात्रै वार्ता हुनुपर्ने माग गर्दै आएको छ ।
सरकारले सहसचिवको नेतृत्वमा समिति बनाएपछि प्राज्ञ तुम्याहाङको नेतृत्वमा वार्ता सहजीकरण समिति निर्माण गरेको पहिचान पक्षधरले जानकारी दिएको छ ।