Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको कार्यालय भवन शिलान्यास



विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–२ मा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आफ्नै कार्यालय भवन बन्ने भएको छ । उद्योग वाणिज्य महासंघ प्रदेश कार्यालय भवनको आज नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल, महासंघका कोशी अध्यक्ष राजेन्द्र राउतलगायतले शिलान्यास गरे ।

सातौँ प्रदेश सभा तथा प्रदेश कार्यालय भवन  शिलान्यास कार्यक्रमलाई सम्बोधन उपाध्यक्ष ढकालले सरकारले केही दिनअघि ल्याएको विभिन्न अध्यादेश सकारात्मक रहेको बताए ।
वर्तमान नेपाली कांग्रेस र नेकपा (एमाले)को २ दलीय गठबन्धन सरकारका कारण मुलुकको राष्ट्रिय राजनीति स्थिररतातर्फ गएको उनको भनाइ छ । उपाध्यक्ष ढकालले पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणमा देखिएको विवादलाई महासंघले गलत नमानेको र समस्याको हल वार्ताबाट खोज्नु पर्ने धारणा राखे । यद्यपी विकासमा विवाद गर्न नहुने उनको भनाइ छ ।

कार्यक्रममा महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले आफ्नै भवन बन्नु उद्योग वाणिज्य संघका लागि महत्वपूर्ण विषय भएको बताए । उनले पनि ताप्लेजुङको पाथीभारामा बन्न लागेको केबलकारको विरोध गर्न नहुने धारणा राखे ।

अध्यक्ष राउतले भने – ‘पर्यटन क्षेत्रमा पूर्वाधारको कमीले पर्यटक संख्यामा वृद्धि हुन नसकेको रोजगारी सिर्जना हुन नसकिरहेको अवस्थामा निजी क्षेत्रलाई लगानीको लागि प्रेरित गर्नुपर्ने बेला रहेको छ । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी अघि बढिरहेको परियोजनालाई अवरोध गर्नु कदापि उचित हुँदैन ।’

अध्यक्ष राउतले प्रदेशलाई सम्वृद्ध लगानीकर्तालाई लगानीका लागि उत्प्रेरित गर्ने र लगानीको सुरक्षाको प्रत्याभुति प्रदेश सरकारले दिनुपर्ने धारणा राखे ।

प्रतिक्रिया
सम्बन्धित समाचार